तुलसीपुर उपहानगरले चौमासिक सार्वजनिक सुनुवाई गर्ने

तुलसीपुर २२ पुस । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा बिहीबार हुने कार्यक्रममा ग्रामीन महिला उत्थान केन्द्र घोराहीले सहजीकरण गर्ने भएको छ ।

कार्यक्रम बिहीबार  ११ बजे तुलसीपुर उद्योग बाणिज्य संघको सभाहल दोघरेमा हुने भएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए ।

साथै सूचना अधिकारी न्यौपानेले पालिकाबाट प्रवाह भएका सेवा सुविधाका सम्बन्धमा जानकारी दिने भएकाले नगरमा क्रियाशिल उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनितिक दलका प्रतिनिधि, महिला, आदिवासी जनजाती, अपाङ्ग, जेष्ठ नागरिक, पिछडिएका वर्ग सबैलाई कार्यक्रममा उपस्थित हुनका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ पुष २२ गते बुधवार
प्रतिक्रिया