तुलसीपुर, २० पौष । तुलसीपुर बजार क्षेत्रका खाद्य पसलको अनुगमनका क्रममा म्याद गुज्रिएका मासको दाल भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका अन्र्तगत रहेको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा तुलसीपुरमा गरिएको बजार अनुगमनका क्रमा ४० बोरा म्याद गुज्रिएको मासको दाल फेला परेको उपभोक्ता हित संरक्षण मन्चका केन्द्रिय सदस्य केशव कुमार शर्माले जानकारी दिएक छन् ।
म्याद गुज्रिएको दाल राखेको फेला परेपछि तुलसीपुरको पशुपति ईन्टरप्राईजेजलाई सिल गरिएको छ । उक्त दालका बोरामा उत्पादन गर्ने कम्पनीको नाम समेत राखीएको छैन । खाद्य प्रविधि तथा गुणस्तर नियन्ण्त्रा डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जाराका अनुसार म्याद गुज्रिएको दाल बरामद गरी आबश्यक अनुसन्धानका लागी नेपालगन्ज प्रयोगशालामा पठाईएकोृ छ ।
यस्तैगरी बजार अनुगमनाका क्रममा विस्कुट, बावसन, कम्मेटिकका सामग्रीहरु पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताईएको छ ।
आजको नयाँ युगबोध दैनिकमा खवर प्रकाशित छ ।





