तुलसीपुर, १६ पुष । तुलसीपुर उपमहानगरपालिका कार्यालयमा सवैभन्दा धेरै किराना व्यावसाय दर्ता भएको एक तथ्याङकले देखाएको छ । उद्योग तथा व्यवसाय प्रर्बद्धन शाखाका अनुसार कार्यालयमा हाल सम्म एक हजार आठ सय किराना पसल तथा व्यावसाय दर्ता भएका छन् ।
यस्तैगरी फेन्सी पसलको पनि दर्ता संख्या धेरै छ । कार्यालयमा एक हजार तिन सय फेन्सी पसल दर्ता भएको शाखा प्रमुख रेवा रावतले जानकारी दिएकी छिन् । उनका अनुसार फोल्ट्रीफर्म १५३, चुरोट मदिरा पसल ४८७ र लज १४ वटा दर्ता भएका छन् । यो तथ्याङक पौष १४ गते सम्मको हो । शाखा प्रमुख रावतले कार्यालयमा विभिन्न किसीमका व्यापार,व्यावसाय तथा उद्योगहरु दर्ता भएको र अहिले ती व्यावसायको एकिङ विवरण तयार गर्ने काम भईरहेको बताएकी छिन् ।
उपमहानगरपालिकामा २०४९÷५० देखी व्यापार तथा व्यवसाय दर्ता गर्न सुरु गरिएको हो । सुरु देखी हाल सम्म साढे छ हजार बढि व्यापार ,व्यावसाय दर्ता भएका छन् । तर २०७३÷७४ बाट कम्युटर मार्फत व्यवसाय दर्ता गर्ने काम भएको छ । कम्युटरमा अद्यावधिक भए अनुसार व्यापार व्यावसाय दर्ताको संख्या चार हजार सात सय अरचालिस रहेको छ । अझै करिब दुई हजार पाँच सय व्यापार व्यवसाय कम्युटरमा ईन्ट्रिगर्न बाँकी छ । त्यस अघि रजिष्ट्ररमा दर्ता विवरण अद्यावधिक राख्ने गरिएको थियो ।





