२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरमा कोरोना संक्रमितको संख्या ८०२ पुग्यो

तुलसीपुर, १६ पौष । तुलसीपुरमा हाल सम्म आठ सय बढिलाई कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीका अनुसार ५६२ पुरुष र २४० महिला गरी ८०२ जनालाई हाल सम्म कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ७९१ जना संक्रमित हाल सम्म कोरोनामुक्त भईसकेका छन् भने अझै १३ जना संक्रिय संक्रमित छन् ।

फोकल पर्सन केसीका अनुसार तुलसीपुर ५ का ४ जना, वडा नम्वर ६ का ३ जना, वडा नम्वर ७ का २ जना , वडा नम्वर ९मा १ जना, वडा नम्वर ११ मा २ जना र वडा नम्वर १७ मा १ जना गरी १३ जना संक्रिय संक्रमित छन् । ती मध्ये ११ जना होम आईसोलेसन र २ जना कोरोना अस्पतालमा छन् । हाल सम्म सवैभन्दा धेरै वडा नम्वरका १८८ जना नागरिकलाई संक्रमण पोजेटिभ देखीएको हो । दोस्रोमा वडा नम्वर ६ का १८० जनामा कोरोना पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्नो समय तुलसीपुरमा कोरोना संक्रमण दर निकै न्युन छ । तुलसीपुरका १५÷२० जनाको एकैपटक कोरोना परिक्षण गर्दा २÷३ जनामा संक्रमण देखीने गरेको छ । कोरोनाबाट २१ देखी ३० बर्ष उमेर समुहका युवायुवतीहरु बढि प्रभावित हुने गरेको उनले जानकारी दिएका छन् ।अहिले पछिल्नो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेश्नल प्याथ ल्याबबाट पिसिआर परिक्षण भईरहेको छ ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया