मतपेटिकामा एसिड हालेपछि रोकिएको मतदान पुनः सुरु

 लिवाङ,१४ असार ।

मतपेटिकामा एक मतदाताले एसिड हालिदिएपछि रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा मतदान जारी राख्ने सहमति भएपछि दुई बजेर पाँच मिनेटबाट पुनः मतदान सुरु गरिएको हो । भनभने मतदान केन्द्रको बुथ ‘ख’ को मतपेटिकाभित्र एक मतदाताले एसिड हालेर फरार भएका थिए ।

मतपेटिकाको सुरक्षामा खटिएका प्रहरीले देखेपछि एसिडले जलेको थाहा भएको थियो । तर, ति व्यक्ति भाग्न सफल भएका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. विजन भट्टराईले ति व्यक्तिको पहिचान भइसकेको भन्दै छिट्टै पक्राउ गर्ने बताए । तर, उनले पहिचान खुलाउन भने मानेनन् ।

स्रोतका अनुसार एसिडले मतपेटिका भित्रका केही मतपत्र जलेका छन् । रोल्पाका धेरै ठाउँमा लगभग मतदान सकिएको छ । मतदान केन्द्रहरु सुनसान भइसकेका छन् । फाट्टफुट्ट मात्र मतदाताहरु आउने क्रम जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म जारी रहने छ ।

प्रकाशित मिति : २०७४ असार १४ गते बुधवार
प्रतिक्रिया