२०८३ भाद्र ११ गते बिहिवार

मुल्कोट हुदै सल्यान सिमाना सम्म ट्रयाक खोलिदै

 तुलसीपुुर ८ पुष । तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्रको विकट बस्ती मध्येको मुल्कोट पनि एक हो । तुलसीपुर ४ मा रहेको मुल्कोट भन्दा अझ विकट बस्ती सिरगैरा र गुरासे हो । जुन बस्ती कर्णाली प्रदेश सल्यान जिल्लाको सिमाना संग जोडिएको छ । ती दुई बस्ती विकास र नाम दुवैले निकै पछाडी परेका छन् । त्यहाका नागरिकलाई दुरीको हिसाबले तुलसीपुर बजार आउनु भन्दा कपुरकोट बजार आवतजावत गर्न नजिक पर्दछ ।

दुर्गम ठाउँमा सडक, विद्युत र खानेपानीको चरम समस्याले गर्दा गुरासेमा अहिले मानव बस्ती बस्न छाडेका छन् । गाउँ नै खाली भएको छ । त्यहाका सवै नागरिक बसाई सराई गरी अनेत्र गएका छन् । सिरगैरामा पनि अहिले घरधुरी संख्या थौरे छ । विगतमा एक दर्जन बढि घरधुरी संख्या रहेकोमा अहिले दुई घरपरिवार मात्रै बसोबास गदै आएका छन् ।अन्यको जमिन जग्गा भएपनि बसोबास भने मुलकोट लगाएत सुगम ठाउँमा बसाई सराई गरेका छन् ।तर ती ठाउँमा मानव बस्ती बसेको बर्षौ समय पछि अहिले विजुली बत्ती पुगेको छ भने सडक बाटो विस्तार हुदैछ ।

मुल्कोट टोल विकास संस्थाका अध्यक्ष रिखीराम पुनका अनुसार अहिले सडक बाटो विस्तारको काम भईरहेको छ । चमेरेगुफा पर्यटन मार्ग अन्र्तगत मुल्कोट ,सिरगैरा ,गुरासे हुदै दाङ सल्यानको सिमाना सुकिदह सम्म सडक बाटोको ट्रयाक खोलिदै छ ।अहिले तुलसीपुर उपमहानगरपालिकाको डोजरले बाटो खनीरहेको छ । जनप्रतिनिधि आईसकेपछि पहिलो पटक मुल्कोट सम्म मोटरबाटो विस्तार गरिएको थियो ।अहिले मुल्कोट हुदै सिरगैरा सम्म बाटो विस्तार भईसकेको संस्थाका अध्यक्ष पुनले बताएका छन् ।

आफना पुस्ताहरुले कल्पना नगरेको ठाउँमा अहिले सडक बाटो पुगेको छ उनले भने खानेपानी र विद्युत यस अघि नै विस्तार भईसकेको छ ।बर्षौ देखी खानेपानीको समस्या रहेको मुल्कोट ,जुम्लिटाकुरामा अहिले लिफटिङ प्रविधि मार्फत खानेपानी पुगेको छ ।साथै जुम्लिटाकुरामा पनि मोटरबाटो विस्तार भएको स्थानिय समेत रहेका संस्था अध्यक्ष पुनले बताएका छन् । जनताको नजिकको सरकार स्थानिय सरकार आईसकेपछि पुस्र्तौ देखी विकासले पछि परेको ठाउँमा अहिले खानेपानी, विद्युत र गाउँगाउँ सम्म सडकबाटो पुगेको उनले बताएका छन् ।
त्यस क्षेत्रका स्थानियलाई यस अघि घण्टौ समय लगाएर खानेपानी बोक्नु पर्ने बाध्यता थियो ।

त्यो समस्या अहिले अन्त्य भएको छ । यस्तै दैनिक उपभोग्य बस्तु किनमेल गर्नका लागी कपुरकोट वा तुलसीपुर बजार आवतजावत गर्न घण्टौ समय पैदल हिड्नु पर्ने बाध्यता थियो । उनी भन्छन् वडामा जनप्रतिनिधि आईसकेपछि यस क्षेत्रमा थुप्रै विकास भएको छ । विकास भएसंगै अब ती बस्ती छोडेका मानिसहरु फेरी गाउँ फर्किन सक्ने आकलन गरिएको उनको भनाई छ ।

 

वडा अध्यक्ष बालकृष्ण रानाले वडाको खुमखानी बाहेक सवै गाउँबस्ती सम्म सडक सन्जाल विस्तार गरिएको बताएका छन् । आफुहरु वडामा आईसकेपछि सडक, खानेपानी, विद्युतलाई प्रथामिकता दिएर काम गरेको बताउदै अब खुमखानीलाई सडक सन्जाल संग जोड्न बाँकी रहेको बताएका छन् । वडाको विकट बस्तीका रुपमा रहेको खुमखानी सम्म सडक विस्तार गर्न आफुले पटकपटक पहल गरेता पनि सोचे अनुसार काम हुन नसकेको बताउदै सुरु देखी नै खुमखानीलाई विकासको दृष्टिकोण प्राथमिकता दिदै आएको उनको भनाई छ ।

तर विभिन्न समस्याका कारण त्यहा सम्म बाटो विस्तार गर्न नसकीएको बताउदै आफनो कार्यकाल भित्र खाद्रे हुदै खुमखानी सम्म सडकबाटो विस्तार गर्ने उनको दावी छ ।सडक बाटो नपुगेको ठाउँमा ट्रयाक खोल्ने , सडक फराकिलो बनाउने, कालोपत्रे गर्ने जस्ता कामहरु भईरहेको उनले बताएका छन् ।

गत वर्ष साविक तुलसीपुर नगरपालिका ३ रक्षाचौरको चारबाटो चोक हुदै एक्लेसाल सम्म सडक कालापत्रेको काम भएको बताउदै चालु आर्थिक वर्ष ०७७÷७८ मा घोरानेटी हुदै गहतेरा, गुरुजजुर माध्यामिक विद्यालय हुदै साविक वडा कार्यालय जोड्ने सडक कालोपत्रे, गोठीखोला देखी शवदाह गृह सम्म सडक कालोपत्रे गर्ने योजना रहेको वडा अध्यक्ष रानाले बताएका छन् ।

प्रकाशित मिति : २०७७ पुष ८ गते बुधवार
प्रतिक्रिया