२०८३ भाद्र ११ गते बिहिवार

मालपोतका कर्मचारी होसियार !

तुलसीपुर, ३ पुष । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश कुमार खड्काले मालपोतका कर्मचारी होसीयार रहन आग्रह गरेका छन्ु । उनले सामाजिक सन्जाल आफनो व्यक्तिगत फेसबुकमा स्टाटस् लेख्दै मालपोतका कर्मचारी होसियार रहन आग्रह गरेको आशय व्यक्त गरेका छन् । उनले हजारौ राम्रो काम गरेपनि एउटा आरोपले पतन गराउन सक्ने आशय फेसबुक मार्फत व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन् मालपोतका कर्मचारी होसियार ।

तपाई हजार राम्रो काम गर्नुस तर तपाईको चरित्रलाई यौटा आरोपले पतन गराउन सक्छ ।तपाईं सहि हुनुहुन्छ तर बुझ्ने कस्ले ? तपाईको संरक्षक को ? उनको यो स्टाट्सले कर्मचारी सधै होसियार रहनुहोस् कुनै एउटा काम गलत भयो भने त्यसले हाल सम्म गरिएको जति पनि राम्रोको कुनै अर्थ राख्दैन भन्न खोजिएको छ ।कर्मचारीले कहिल्यै पनि गलत काम नगरौ र नगराऔँ भन्ने तर्फ उनको स्टाटस् ईकिंत छ ।

उनले यो स्टाटस लेख्दै गर्दा अख्तियार दरुपयोग अनुसन्धान आयोगले सेवाग्राही संग घुस लिएको आरोपमा उनी सहित मालपोत कार्यालय तुलसीपुरका चार जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौमा विहिवार मुद्धा दायर गरेको छ । आयोगले आरोप पत्र अदालतमा दर्ता गरीसकेपछि उनले स्टाटसमा यस्तो लेखेका छन् । गएको मंसीर ५ गते अख्तियारको कार्यालयले कार्यालयमै दुई जना कर्मचारीलाई तिन लाख बिस हजार रुपैया घुस रकम सहित रंगेहात पक्राउ गरेको थियो ।सोहि मिति देखी कार्यालय प्रमुख खड्का निकै तनावमा देखीन्छन् ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया