२०८३ भाद्र १० गते बुधवार

रारा बचतको अध्यक्षमा युवा व्यवसायी घर्ती

तुलसीपुर, २२ मंसीर । रारा बचत तथा ऋणसहकारी संस्थाको अध्यक्षमा युवा व्यवसायी टोपबहादुर घर्ती निर्वाचित भएका छन् । आइबार बसेको साधारण सभाले घर्तीलाई निर्विरोध निर्वाचित गरेको हो । यस अघि पनि अध्यक्ष रहेका घर्तीले छाेड्ने मनस्थिती बनाए पनि अध्यक्षमा हानथाप हुन थालेपछि सहजका लागि पुन जिम्मेवारी लिएकाे बताएकाे छ ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका घर्ती दर्जनौ संघसंस्थाको नेतृत्व गरिसकेका छन् । त्यसैगरी संस्थाको उपाध्यक्षमा हरी भुसाल, सचिवमा जितबहादुर खड्का, कोषाध्यक्षमा भद्रकुमार वली, लेखा संयोजकमा भुवन खत्री रहेका छन् ।

साधारण सभाले युवाव्यवसायी तेजविक्रम घर्ती, संगित बस्याललाई सल्लाहाकारमा चयन गरेको छ । सहकारीले बार्षीक करिब एक कराेडकाे काराेबार गर्दै अाएकाे छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया