तुलसीपुर, १७ मंसीर । तुलसीपुरको पातुखोलामा हाईड्याम निर्माणका लागी डिपिआर गर्न स्वीकृति प्रदान गरिएको छ ।तुलसीपुर क्षेत्रमा दिर्घकालिन खानेपानी आयोजना अन्र्तगत पातुखोलामा हाईड्याम निर्माण गर्न लागीएको छ ।विगत सात वर्ष अघि तुलसीपुरको पातुखोलामा हाईड्याम निर्माणको अवधारणालाई अघि सारिएको थियो ।
सोहि अवधारणा अनुसार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराम वलीको पहलमा पातुखोलामा सर्भे काम सकिएको छ । सात वर्ष अघि पातुखोलामा सर्भे गरी खानेपानी विभागमा प्रस्तावना पेश गरेपछि विभागबाट भरखरै डिपिआरका लागी स्वीकृती प्रदान भएको संस्थाका अध्यक्ष वलीले बताएका छन् । हाईड्याम बनाउने कम्पनी स्वदेशमा नहुदा केहि समय ढिलाई भएको र अहिले विदेशी कन्सल्टेन्सीले जिम्मा पाएको अध्यक्ष वलीले बताएका छन् ।
उक्त हाईड्याम सर्भेका लागी मात्रै सात करोड रुपैया बजेट खर्च भईसकेको छ । उनका अनुसार हाईड्याम आयोजना सम्पन्न हुदा सम्म अरबौँ बजेट खर्च हुने अनुमान गरिएको छ । विभागले खानेपानी क्षेत्रमा देशभरका लागी १० देखी १५ अर्व सम्मको बजेट विनियोजन गर्दछ । तर तुलसीपुरको पातुखोलामा हुने हाईड्याम निर्माणमा मात्रै १२ देखी १५ अरब बजेट लाग्ने अनुमान गरिएको छ । यति ठुलो लगानीमा निर्माण सम्पन्न भएमा यो योजना खानेपानी क्षेत्रमा नेपालकै पहिलो आयोजना हुने अध्यक्ष वलीको दावी छ ।
हाईड्याम निर्माण हुन सकेमा तुलसीपुर उपमहानगरपालिका क्षेत्रको गौरवको आयोजना हुनुको साथै पर्यटकिय क्षेत्रको ठुलो सम्भावना मानिनेछ । संस्थाका अध्यक्ष वलीका अनुसार हाईड्याम निमार्णको लागी डिपिआर छिटै हुनेछ । यस अघि नै सुरु हुने डिपिआर कोरोना माहामारीका कारण अघि बढ्न सकेको छैन । कोरोना संक्रमणको जोखिम कम भए लगतै काम सुरु हुनेछ ।
हाईड्याम्वको विकल्प छैन
तुलसीपुर क्षेत्रमा बढ्दो जनघनत्वलाई मध्येनजर गदै खानेपानीका लागी हाईड्यामको विकल्प नभएको बताईएको छ । तुलसीपुरमा अहिलेको जनसंख्यालाई खानेपानी पु¥याउन धौ धौ भईरहेको समयमा अबको विकल्प भनेकै हाईड्याम भएको अध्यक्ष वलीको भनाई छ । अहिले भएका पानीका मुहानहरु सुक्ने खतरा बढेकाले पानीको श्रोत व्यवस्थापन गर्न नसकेमा भविस्यमा तुलसीपुरमा पानीको हाहाकार हुने आकलन गरिएको छ ।
अहिले डाडाँ तथा पहाडमा पानी नआउने मुहान सुख्खा भएको किन हो उनले भने वर्षातको समयमा खोलामा बाढि आउने र पहाडमा पहिरो आउँछ जसले गर्दा पानीका मुहान्हरु सुक्ने खतरा बढेको छ । अहिले पछिल्नो समय विकासको नाममा घर आगँनहरु कालोपत्रे भईरहेका छन् । पानी जमिनमा सोस्न पाउदैन त्यसकारणले जमिन सुख्खा हुदै गएको छ । तर हाईड्याम निर्माण हुने बित्तिकै जमिनमा पानी रिचार्ज हुन्छ र पानीका मुहानहरु सुक्ने सम्भावना कम हुने गर्दछ ।
जसले गर्दापातुखोला देखी दक्षिणका पानीका मुहानहरु रसाउछन् र कुवा खन्दा पानी आउछ , पानी नै सवै भन्दा महत्वपुर्ण भएकाले पानीको श्रोत संरक्षण गर्न हाईड्यामको विकल्प नभएको उनले बताएका छन् ।सिचाईको दृष्टिकोणले जमिनमा रिचार्ज हुने गर्दछ ।जसले गर्दा पानीका मुहानहरु सुरक्षित रहने सम्भावना बढ्छ ।साथै उनले ग्वोरखोला र पातुखोला गरी दुवै क्षेत्रमा हाईड्यामको अवधारणा अनिवार्य ल्याउनु पर्ने बताएका छन् ।भोलीका लागी आजै हाईड्यामको अवधारणा अनिवार्य भईसकेको छ ।
बबई लिफटिङ खानेपानीको सर्भे गरिने
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हाल आठ हजार उपभोक्ताहरु रहेका छन् ।खानेपानीको आधा दर्जन मुहान रहेका छन् ।तर पनि पानी आपुर्ति गर्न निकै समस्या छ ।भएका पानीका मुहान्हरु सुक्ने खतरा छ ।यस्तो अवस्थामा हाईड्यामको अबधारणाले मात्रै तुलसीपुर बजार क्षेत्रका सवै नागरिकलाई खानेपानी पुग्दैन । अहिले राम्री, लाहुरेचौर, मुल्कोट, पातुखोला डिपबोरिङ लगाएतबाट पानीको श्रोत व्यवस्थापन गरी तुलसीपुर बासीलाई पानी वितरण गरिएको छ ।
भोलिको दिनमा उपभोक्ताको माग अनुसार पानी आपुर्ति गर्न सक्ने अवस्था नभएकाले बबई लिफटिङ खानेपानी आयोजनालाई पनि अघि सारिएको छ । संघिय सरकारको ९५ करोड बजेटबाट बबई लिफटिङको सर्भे गरिने भएको छ । बबईको पानी लिफटिङ मार्फत बजारमा ल्याउन सकेमा पिउने पानी र सिचाई गर्न समेत सहज हुने भएको छ ।





