मालपोत कार्यालय तुलसीपुरका प्रमुखलाई अख्तियारले बोलायो,सेवा प्रभावित

तुलसीपुर, १५ मंसीर । मालपोत कार्यालय तुलसीपुरले मंसीर १९ गते सम्म कार्यालयको मुद्धा फाटको सम्पुर्ण सेवा पुर्ण रुपमा स्थगित गरेको जनाएको छ । कार्यालय प्रमुख नरेश खड्काले एक सार्वजनिक सुचना जारी गदै मुद्धा फाँटका कर्मचारीले अन्य शाखामा बसेर कामकाज गर्नुपर्ने अवस्था भएको र कार्यालयको कामको सिलसिलामा आफु समेत मंगलवार काठमाडौ जानुपर्ने भएकाले मंगलवार देखी शुक्रवार सम्म मुद्धा शाखाको सम्पुर्ण सेवा स्थगित गरिएको जानकारी गराएका छन् ।

साथै कार्यालयको असुविधा प्रति क्षमा प्राथी छौ जारी सुचनामा उल्लेख छ । सुचनामा कारण भने खुलाईएको छ । तर स्रोतका अनुसार कार्यालय प्रमुख खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले अनुसन्धानका लागी बोलाएको छ । त्यस कारण उनी काठमाडौ जान लागेको स्रोतले बताएको छ । कार्यालयबाट घुस सहित दुई कर्मचारी पक्राउ परेपछि कार्यालय प्रमुखलाई आयोगले सोधपुछका लागि  बोलाएको छ ।

गएको मंसीर ५ गते शुक्रवार कार्यालय सहयोगी र वरिष्ठ नासुलाई अख्तियारको टोलीले तिन लाख बिस हजार नगद घुस सहित रंगेहात पक्राउ गरेको थियो । सोहि दिन देखी कार्यालयमा विभिन्न बाहाना देखाउदै सेवा प्रभावित हुदै आएको छ । जसले गर्दा सेवाग्राहीले अझ बढि सास्ती व्यहोनु परेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया