शरद रेग्मी
दाङ ७ असाढ / तुलसीपुर उपमहानगरपालिकामा काँग्रेसका तर्फवाट मेयरको उम्मेद्धार वन्नु भएका नेपाली काग्रेसका गेहेन्द गिरीले शान्ति शुसासन विकास र समृद्धिका लागि काँग्रेसलाइ विजयी वनाउन आग्रह गरेका छन् । कम्युनिष्टहरुको चिल्लाकुराले देश र जन्तालाई धोका दिएको भन्दै गिरीले तुलसीपुर उपमहानगर पालिकाका प्रत्येक वडाहरुमा विकासका आधारभुत पुर्वाधारको तय गर्ने बताए ।
सिहंदरवारको अधिकार काँग्रेसकै सरकारले स्थानिय तहमा ल्याएको भन्दै देशमा सञ्चार , सडक सञ्जाल खानेपानी सिचाई पानिको व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा भएका अग्रगामि परिवर्तन काँग्रेस नेतृत्वको सरकारले गरेको गिरीले दाबी गरे ।
केहिदिन देखि चुनावी कार्यकक्रमलाई तिव्र वनाएको नेपाली काँग्रेस तुलसीपुर उपमहानगर पालिकाले वुधवार वडानं ७ को कालाखोला , वडानं १८ को सातकुले वडानं ६ को गोलौरा, र वडा नं ५ को रानी जरुवामा चुनावी सभा सम्पन्न गरेको छ ।
काग्रेसको चुनावि प्रचार प्रसार तिव्र
प्रकाशित मिति : २०७४ असार ७ गते बुधवार
प्रतिक्रिया