नेपालको उत्कृष्ट उपमहानगरपालिका बनाउने पाण्डेको योजना

तुलसीपुर, १५ मंसीर / तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले नेपालको उत्कृष्ट नगरपालिकाको रुपमा विकास गर्नेगरी काम गर्न वडा प्रमुहरुलाई निर्देशन दिएका छन् । दिर्घकालिन रणनीतिक तथा आवधिक योजना निर्माणका लागि तुलसीपुर उपमहागनरपालिका–१८ को हेमन्तपुरमा आयोजना गरिएको वडा स्तरको छलफललाई सम्बोधन गर्दै उने यस्तो बताएका हुन् ।

आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र विकासको दृष्टिकोणले फड्को मारेर नेपालकै उत्कृष्ट उपमहागनरपालिका गराउनेगरि कार्यसम्पादन गर्न नगरप्रमुख पाण्डेले निर्देशन दिए । त्यसका लागि दिर्घकालिन सोच, दिर्घकालिन दृष्टिकोण हुन आवश्यक रहेको उनको भनाई छ ।

एक पटक अघि सारेका योजनाले कम्तिमा पनि अबको ३० बर्षसम्मलाई धान्ने गरेर योजना बनाउन आग्रह गर्दै नगर प्रमुख पाण्डेले अबको योजना गरिबी मुक्त गर्ने अभियान पनि भएको बताए । तुलसीपुर उपमहानगरपालिका १८ का वडाअध्यक्ष माधव वलीको अध्यक्षतामा भएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्का, नेकपाका प्रदेश कमिटी सदस्य टोपेन्द्र केसी, पर्यावरणिय दिगो विकास मञ्च नेपालका अध्यक्ष डिल्ली बहादुर रावत लगाएतले आ–आफना भानाई राखेका थिए ।

सो अवसरमा  छलफलका सहजकर्ता विकिरण गौतम र दुर्गालाल केसीले योजना निर्माण, छनौट प्रकृया, वस्ती व्यवस्थपन लगाएतका विषयमा सहभागीलाई जानकारी गराएका थिए । यो छलफल उपमहानगरपालिकाका १९ वटै वडामा संचालन गरिने छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया