तुलसीपुर, १४ मंसीर । कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । अस्पताल व्यवस्थापक दोर्ण वलीका अनुसार घोराही १० का ६९ बर्षिया एक महिलाको आईतवार दिउँसो साढे एक बजे निधन भएको छ ।
कोरोना संक्रमित ती महिला यहि मंसीर ४ गते देखी अस्पतालको आईसियुमा उपचाररत थिईन । उनीमा दम र निमोनियाको समस्या रहेको थियो । यस अघि शनिवार घोराही उपमहानगरपालिका १३ निबासी ६६ बर्षका पुरुषको पनि सोहि अस्पतालमा निधन भएको थियो ।
यो संगै कोरोना विशेष अस्पतालमा हाल सम्म भर्ना भई निधन हुनेको संख्या चार पुगेको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।