तुलसीपुर, १४ मंसीर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अब ऐलानीमा समेत धारा वितरण गर्ने भएको छ । संस्थाका अध्यक्ष खेमराज वली, उपाध्यक्ष गिरीधारी प्रसाद पौडेल र सचिव मनोज लामीछानेद्धारा हस्ताक्षरित जारी सुचनामा ऐलानी बासीलाई समेत व्यक्तिगत धारा वितरण गरिने उल्लेख गरिएको छ ।
यस अघि ऐलानी बस्तीमा सामुहिक धारा वितरण गदै आएकोमा अब व्यक्तिगत धारा लिन चाहेमा आगामी पौष १ गते देखी फाराम खुला गर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।
ऐलानी वा श्रेष्तामा जग्गा भएका व्यक्तिले धारा लिन चाहेमा फाराम भर्न सकिने जानकारी दिईएको छ । संस्थाले विगतमा ऐलानी बस्तीमा समुहगत रुपमा वितरण गरेको धारा समेत व्यक्तिगत बनाउन चाहेमा त्यसको महसुल स्वंयमले तिर्नुपर्ने छ । आगामी पौष १ गते देखी फाराम वितरण गरिने र फारामहरु धारा स्वीकृती गर्दा छानविन गरी प्रक्रिया पुरा गरेर मात्रै स्वीकृती गरिने बताईएको छ ।संस्थाले सरकारले ल्याएको एक घर एक धाराको अवधारणालाई मध्ये नजर गदै यस्तो निर्णय गरिएको अध्यक्ष खेमराज वलीले बताएका छन् ।





