२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरमा संक्रमितको संख्या ७१६ पुग्यो

तुलसीपुर, १२ मंसीर । तुलसीपुरमा विहिवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै तुलसीपुरमा हाल सम्म संक्रमित हुनेको संख्या ७१६ पुगेको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा चार जना नयाँ र दुई जना फलोअप गरी ६ जनालाई कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा तुलसीपुर वडा नम्वर ६,१२,१५ र १५ का एक\एक जना गरी चार जना रहेका छन् ।

यस्तैगरी फलोअपका वडा नम्वर १६ र १७ का एक÷एक जना रहेका छन् । विहिवार कोरोना विशेष अस्पतालको आईसियुमा उपचाररत एक संक्रमित निको भई डिस्चार्ज भएका छन् । यो संगै हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ५६४ पुगेको भने अझै १५२ जना संक्रिय संक्रमित रहेका छन् । केसीका अनुसार हाल सम्म संक्रमित मध्ये तुलसीपुरका १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया