२०८३ भाद्र १० गते बुधवार

कोरोना संक्रमितको मृत्यु पछि बबई नदीमा दाहसंस्कार गरियो

तुलसीपुर, १० मंसीर ।तुलसीपुरका एक कोरोना संक्रमितको मृत्यु पछि आफन्तीले दाहसंस्कार गरेका छन् । तुलसीपुर ६ निवासी ७५ बर्षिया महिलाको आफन्तीले शितलपुरको बबईघाटमा दाहसंस्कार गरेका छन् । तिहार पछि स्वास्थ्यमा समस्या अएपछि ती महिलालाई अस्पताल लगीएको थियो ।

अस्पतालमा टाईफाईड,निमोनिया र ज्वरो आउने समस्या देखीएपछि थप उपचारका लागी कोहलपुर लगीएको बताईएको छ । कोहलपुरमा कोरोना आसंकामा नमुना स्वाव परिक्षण गर्दा गएको शनिवार संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पछि कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मंगलवार राती निधन भएको हो । निधन पछि उनका आफन्तीले शव ल्याएर बबई नदीमा दाहसंस्कार गरेको बताईएको छ ।यसरी कोरोना संक्रमितको निधन पछि दाहसंस्कार गरिएको दाङमा पहिलो घटना हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया