२०८३ मङ्सिर ९ गते बुधवार

भेन्टिलेटरका लागि तुलसीपुरले भवन वनाउने

तुलसीपुर, ९ मसिंर । तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु सेवा सञ्चालन हुने भएको छ । राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणको काम अगाडी वढाइएको हो ।

योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार उपमहानगरपालिकाले भवन निर्माणका लागि ३५ लाख ६२ हजारको टेण्डर प्रक्रिया अगाडी वढाएको छ । उपमहानगरपालिकाले भवन निर्माण गरिदिने र प्रदेश सरकारकाले उपकरण सहयोग गरेपछि सेवा सूचारु हुने अस्पताल विकास समितीका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

तुलसीपुरमा आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै विरामीहरु रिफर हुने गरेका छन् । तत्काल आइसियु सेवा सञ्चालन होस् भन्नका लागि नगरस्तरीय बजेटबाट भवन निर्माणको काम अगाडी वढाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले अस्पतालको सेवा सुधारका लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार तत्पर भएको वताए । तुलसीपुरलाई स्वास्थ्य सेवाको केन्द्र वनाउनका लागि आफुहरु निरन्तर लागेको पनि उनको भनाई छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पतालका विचमा भवन निर्माणको सम्झौता भएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।