तुलसीपुर, ९ मंसीर । तुलसीपुरमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या सात सय नाघेको छ ।सोमवार थप ११ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमित हुनेको संख्या ७०३ पुगेको तुलसीपुर कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको १२ जनाको नमुना स्वाव परिक्षण गर्दा ११ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा तुलसीपुर ५ का दुई जना, वडा नम्वर ६ का ४ जना, वडा नम्वर ७ का १ जना,वडा नम्वर ९ का १ जना, वडा नम्वर १६ का १ जना, वडा नम्वर १८ का २ जना रहेका छन् । यस्तैगरी पाँच जना फलोअपका रहेका छन् ।
वडा नम्वर ५ का ३ जना, वडा नम्वर १६ का १ जना र वडा नम्वर १८ का १ जनामा पुन परिक्षण गर्दा रिपोट पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।तुलसीपुरमा अझै १७७ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ११ पुगेको छ ।





