तुलसीपुर, ८ मंसीर ।तुलसीपुर ११ निवासी ७६ बर्षिय रेशम बहादुर भण्डारीको गएको शनिवार कुर्सीबाट लेडर निधन भयो । उता घोराही ९ निवासी ६७ बर्षिय चिन्ता बहादुर बुढाथोकीको कारोना संक्रमणकै कारण शनिवार राती उपचारकै क्रममा निधन भएको थियो ।भण्डारीको कुर्सीबाट लडेर गम्भिर घाईते भई भैरहवामा उपचारकै क्रममा शनिवार राती निधन भएको थियो भनेै सोहि दिन बुढाथोकीको कोहलपुरमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।
बुढाथोकीलाई गएको कात्तिक २६ गते संक्रमण देखीएको थियो । भण्डारी र बुढाथोकी नाताले सम्धी हुन् । भण्डारीका माईला छोरा अर्जुन भण्डारीले बुढाथोकीकी छोरी संग विवाह गरेका छन् । तर कस्तो संयोग : उनीहरु दुवै जनाको एकै दिन निधन भएको छ ।
दुवै जनाको एकै दिन निधन हुदा अर्जुन भण्डारी र उनका श्रीमतीलाई पिडा माथी पिडा थपिएको छ । यता भण्डारीका पुजनिय वुवाको निधन भएको छ भने उता आफनै ससुरा बुवाको निधन भयो । यो दुखदायी घटनाको पिडालाई कल्पना समेत गर्न नसकीने उनको पारिवारिक स्रोतले बताएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।