रोजगारीको अवसर खोज्दै बेरोजगार नागरिक

तुलसीपुर ७ मंसीर । तुलसीपुर ३ निवासी रत्न बहादुर बुढाथोकी रोजगारीको शिलशिलामा लामो समय भारतमै बस्दै आएका थिए । तर विश्वभर फैलिएको कोरोना माहामारीले गर्दा उनी गएको जेठमा घर फर्किय ।घर फर्किय पछि उनी रक्षचौर क्वारेन्टाईनमा केहि दिन बसे ।
सानै उमेर १४ वर्ष देखी भारत आवतजावत गदै दुईचार पैसा कमाउदै घरखर्च गुजरा चलाएका उनलाई यस पटक भने भारत जान पटक्कै मन छैन ।जताततै कोरोनाको माहामारी छ ।

त्यसमा पनि उनलाई आफनो घर परिवार संगै बस्न मन छ ।विगतमा भारत जानु अघि गाउँघरमा मजदुरी तथा खेतीपाती गदै आएका उनलाई यस पटक भने भारत जानु भन्दा स्वदेशमै केहि गर्छु भन्ने लागेको छ । उमेरले ५० वर्ष पुगीसकेका उनलाई ६ जनाको घरपरिवार पाल्न दुईचार पैसा कमाउने मेसो नेपालमै केहि भए भारत जाने पटक्कै रहर छैन ।कोरोना माहामारीले गर्दा भारतबाट रोजगारी गुमाएर घर फर्किएका उनले सरकारले हामी जस्तालाई केहि रोजगारी दिन्छ भन्ने सुनेका थिए ।

सुनेको आधारमा उनी जनताको नजिकको सरकार स्थानिय सरकार वडा कार्यालय पुगे । वडा अध्यक्षलाई भेटेर उनले मजदुरका लागी रोजगारी अथवा किसानका लागी कृषि कार्यक्रम सम्बन्धी केहि छ की भनेर सोधे । तर वडा अध्यक्षले उनलाई यस बारे आफुलाई थाहा नभएको भन्दै वडाका कर्मचारी संग बुझन सल्लाह दिए ।कर्मचारीलाई सोध्दा कर्मचारीले पनि अहिले कृषि सम्वन्धी कुनै कार्यक्रम नभएको भन्ने जवाफ दिएको उनी राप्ती समाचार दैनिक दुः ख पोख्छन् ।

म एउटा मजदुरी र किसान बर्ग हुँ दुःख दर्शाउदै उनले भने भारतमा गए बरु रोजगारी पाईन्छ तर नेपालमा हामी जस्ता नागरिकलाई के पो मिल्थ्यो र । सरकारले गरिब किसानलाई यस्तो गर्छु उस्तो गर्छु भन्छ तर खोई हामी जस्ता नागरिक वडा कार्यालय जाँदा केहि छैन भनेर फकाईन्छ । हामीले कहाँ गएर कसलाई सोध्ने उनी गुनासो गदै प्रश्न गर्छन् । हाम्रा कुरा कसले सुन्छ । कहाँ गएर कसलाई सुनाउने उनले राप्ती समाचार संग भने । किसानहरुका लागी थुप्रै कृषि कार्यक्रमहरु समाचारमा सुन्छु तर मैले कहि भेट्दैन । कस्तो किसानलाई दिईने कार्यक्रम हो उनी भन्छन् । विगतमा खेतीपाती र गाईबाख्रा पालेर घरखर्च चलाउन मुस्किल परेपछि आफु भारत गएको स्मरण गदै उनी भन्छन् कस्ता किसानले पाउँछन् कृषि कार्यक्रम ।

उनी एउटा प्रतिनिधिमुलुक पात्र मात्रै हुन् । उनी जस्तै भारत लगाएत तेस्रो मुलुकबाट कोरोनाकै कारण थुप्रै मानिस रोजगारी गुमाएर घर फर्किएका छन् ।उनीहरु अहिले बेरोजगार बनेका छन् । गाउँघरमा केहि काम नपाएपछि कतिपय फेरी विदेशिन थालेका छन् । सरकारले रोजगारी र कृषि कार्यक्रम भनेता पनि ग्रामिण बस्तीका अधिकांस मजदुर र किसान बर्ग सम्म कुनै कार्यक्रम पुग्न सकेको छैन । कतिपयलाई यसबारे कुनै थाहा नै छैन । जसले गर्दा मानिसहरु फेरी पनि दुईचार पैसा कमाउनलाई भौतारिन थालेका छन् । रोजीरोटी जुटाउन नेपालमा केहि काम नपाएको भन्दै मानिसहरु फेरी भारत लगाएत तेस्रो मुलुक जाने क्रम बढेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया