तुलसीपुर, ६ मंसीर । तुलसीपुरमा थप एक जना पत्रकार सहित १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको नमुना स्वाव परिक्षण गर्दा १३ जना नयाँ र ३ जनाको पुन परिक्षणमा रिपोट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनीहरुको शुक्रवार स्वाव संकलन गरिएको थियो । संक्रमित हुनेमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सहसचिव गोर्कण पोडेल, तुलसीपुर घर भई जिल्ला अदालतमा कार्यरत कर्मचारी र समुदाय स्तरका नागरिक रहेका छन् ।
संक्रमित हुने कर्मचारीहरु फलोअप मध्येका रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् । यस अघि पनि तुलसीपुरका एक जना पत्रकारलाई कोरोना देखीएको थियो । केसीका अनुसार अन्य संक्रमित हुनेमा तुलसीपुर ५ का तिन जना,वडा नम्वर ६ का चार जना, वडा नम्वर १२ का १ जना , वडा नम्वर १५ का १ जना, वडा नम्वर १७ का दुई जना,वडा नम्वर १८ का एक जना,वडा नम्वर १९ का एक जना र
फलोअप मध्येमा वडा नम्वर ७,६ र १४ का एक÷एक जना रहेका छन् ।यो संगै तुलसीपुरमा हाल सम्म संक्रमित हुनेमा ६९२ पुगेको छ भने १० जनाको मृत्यु भएको केसीले जानकारी दिएका छन् । शनिवार थप सात जना कोरोना संक्रमित निको भएका छन् । यो संगै निको हुने हुनेको संख्या ४७८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई सय सात जना रहेको बताईएको छ ।





