२०८३ असार ११ गते बिहिवार

दाङमा पन्ध्र लाख बढि नगद सहित ६५ जुवाडे पक्राउ

तुलसीपुर, ४ मंसीर । दाङमा वितेको दुई महिनाको अवधीमा ६५ जुवाडे पक्राउ परेका छन् । चाडपर्व लक्षित प्रहरीले चलाएको जुवा निरुत्साहित अप्रेसनमा जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गएको असोज देखी मंसीर ३ गते सम्म पक्राउ परेका ६५ जुवाडेको साथबाट १५ लाख १८ हजार २ सय २० रुपैया नगद सहित ७३ गड्डी तास समेत बरामद गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उनका अनुसार सवैभन्दा धेरै घोराहीबाट जुवाडे पक्राउ परेका छन् ।

घोराही १० बाट गएको कात्तिक १२ गते ४ जना जुवाडे नगद ६२ हजार ९ सय ३५ रुपैया सहित पक्राउ परेका थिए । उनीहरु अहिले जनही ८ हजार रुपैया धरौटीमा छुटेका छन् । यस्तैगरी घोराही १४ बाट गएको असोज २६ गते ३ जना ७० हजार ४ सय ३५ रपैया नगद सहित पक्राउ परेका थिए भने उनीहरु अहिले जनही ९ हजार धरौटी तोकिएको छ । प्रहरीका अनुसार कात्तिक २ गते घोराही १५ बाट ५ जना जुवाडे १ लाख २७ हजार ९ सय ९० रुपैया नगदसहित पक्राउ परेका उनीहरुलाई जनही १० हजार ५ सय धरौटी तोकिएको छ ।

घोराही १६ बाट गएको बुधवार ७ जना जुवाडे २ लाख ६८ हजार ३ सय १५नगद सहित पक्राउ परेका छन् । यस्तै घोराही १८ बाट कात्तिक १६ गते पाँच जना जुवाडे ३ लाख २३ हजार ६० रुपैया नगद सहित पक्राउ परेका छन् । उनीहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यता तुलसीपुर ६ बाट गत असोज ५ गते ४ जना जुवाडे २० हजार ५५ रुपैया नगदसहित पक्राउ परेका थिए । उनीहरुलाई जनही पाँच हजार रुपैया जरिवाना गरिएको प्रहरीले बताएको छ ।

सोहि वडाबाट गएको असोज ११ गते १३ जना जुवाडे ९८ हजार ९ सय ५० रुपैया नगद सहित पक्राउ परेका उनीहरुलाई जनही ६ हजार धरौटी , तुलसीपुर १ बाट गत असोज २९ गते पाँच जना जुवाडे २४ हजार ३सय ६५ नगद सहित पक्राउ परेका उनीहरुलाई जनही पाँच हजार , गत असोज १८ गते बबई गाउँपालिका ३ बाट ८ जना जुवाडे २ लाख ६१ हजार ९ सय ९० रुपैया नगद सहित पक्राउ परेका उनीहरुलाई जनही पाँच हजार र सोहि दिन राप्ती गाउँपालिका ८ सिसनियाबाट ११ जना जुवाडे २लाख ६० हजार १ सय २५ रुपैया नगद सहित पक्राउ परेका उनीहरुलाई जनही १५ हजार रुपैया धरौटी तोकिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया