२०८३ कार्तिक २० गते शुक्रवार

रेडियो हाम्रो पहुँचले तिन दिनसम्म मनोरन्जनका कार्यक्रम स्थगित गर्ने

तुलसीपुर, २ मंसिर । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुधवार शोक विदा दिने निर्णय गरेको छ । संस्थाको मंगलवार बसेको आकस्मिक बैठकले रेडियो हाम्रो पहुँचमा कार्यरत कर्मचारी मनिषा लामिछानेको निधनको शोकमा भोलि बुधवार संस्थाका सबै परियोजनामा विदा दिने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । लामिछानेको सोमवार दिउँसो भाइटीकाको दिन घरबाट रेडियोमा आउदै गर्दा सवारी दुर्घटनामा परि निधन थियो । उनको निधनले संस्थालाई अतुलनिय क्षति पुगेको शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठक पछि संस्थाका अध्यक्ष भण्डारी र सचिव ऋषिराज पौडेलले जारी गरेको शोक विज्ञप्तीमा मृतक लामिछाने प्रति श्रद्धान्जली र परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।साथै कर्मचारी लामिछानेको निधनको शोकमा रेडियो हाम्रो पहुँचबाट प्रशारण हुने मनोरन्जनात्मक कार्यक्रम तीन दिनका लागि बन्दभएका छन् ।

सवारी दुर्घटनामा परि निधन भएकी कर्मचारी लामिछानेको शोकमा तीन दिन मनोरन्जनात्मक कार्यक्रम बन्द गरिएको छ । बैठकले कर्मचारी लामिछाने निधनको शोकमा प्रत्येक घण्टाको समाचारमा शोक धुन तथा समेवेदना प्रशारण गर्ने र मनोरन्जनात्मक कार्यक्रम तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।बैठकले दोषिमाथि कार्बाहीको माग गरेको छ ।

यसैबिच रेडियोका स्टेशन म्यानेजर बसन्त पौडेल, समाचार सम्पादक जीतसागर जीएम र प्राविधिक प्रमुख प्रेमविवश घर्तीले कुशल र दक्ष कर्मचारी गुमाउँदा रेडियो परिवार अत्यन्त मर्माहत भएको भन्दै मृतकप्रति श्रद्धान्जली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।तुलसीपुरको गुल्मजाने चोकमा सोमवार रा१प६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकलमा सवार लामीछाने गम्भिर घाइते भएकी थिईन ।

उनको सोहि दिन कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनका दाई मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने पनि घाईते भएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।