तुलसीपुर, १ मंसीर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक दुरी पालना गरेर सामाजिक सद्भाव जोगाउन अनुरोध गरेका छन् । तिहार नेपालीजनको मौलिक पर्व भएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेले तिहारको पौराणिक, सांस्कृतिक, मनोवैज्ञानिक र भावनात्मक महत्वलाई कायम राख्नु हामी सबैको दायित्व भएको वताएका छन् ।
पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै भाइटिका लगाउँदा स्वास्थ्य नियमको अनिवार्य पालना गर्नुपर्ने उनले उल्लेख गरेका छन् । तिहार उज्यालो र प्रकाश पर्व समेत भएकाले सबै नगरबासीको मुहारमा खुसी, शान्ति र समृद्धिको उज्यालो छाओस् भन्ने शुभकामना समेत दिएका छन् । कोरोना महामारीका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर स्थानीय सरकारल जिम्मेवारीबोध गरेर निरन्तर लागिपरेको वताउँदै सचेतनाले नै कोरोना निर्मुल पार्ने भएकाले सबै नगरबासीलाई सचेत रहन समेते अनुरोध गरेका छन् । ‘जीवन भन्दा महत्वपूर्ण कुरा केही पनि होइन आफन्त नै हो भनेर हेलचक्र्याइ नगरौ स्वास्थ्य नियमको अनिवार्यरुपमा पालना गरौ’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ । प्रकृति, जीवजन्तु र मानव जीवनका विचमा सम्वन्ध स्थापित गर्ने प्रतिकका रुपमा समेत मनाइने यस पर्वको साँगितिक महत्व समेत भएको उल्लेख गर्दै महामारीलाई लक्षित गरेर यो वर्ष देउसी भैलो खेल्नमा रोक लगाएको समेत उल्लेख छ ।
नेपाल संवत ११४१ शुभकामना यसैविच नगरप्रमुख पाण्डेले नेपाल संवत अर्थात नयाँ वर्ष ११४१ को अवसरमा पनि शुभकामना सन्देश व्यक्त गरेका छन् । राष्टिय« विभुति शंखधर साख्वाले प्रतिपादन गरेको नेपाल संवतलाई सबैले जोगाइराख्नुपर्ने समेत उनले उल्लेख गरेका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।