२०८३ कार्तिक २० गते शुक्रवार

चक्कु प्रहार गरी बाबुले गरे छोराको हत्या

तिलोत्तमा — रुपन्देहीमा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् । गएराति तिलोत्तमा–११ का ४३ वर्षीय शेरबहादुर गुरुङको छुरा प्रहारबाट घाइते भएका १९ वर्षका छोरा पदमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो । चक्कु प्रहारबाट बायाँ खुट्टाको तिग्रामा चोट लागेका पदमबहादुरलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि डिस्चार्ज भई घर पठाइएका उनी पुन ः बेहोस भएपछि अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याइसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । शेरबहादुरलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।