२०८३ कार्तिक २० गते शुक्रवार

तुलसीपुरमा वुद्धको मूर्ति मुख्यमन्त्रीद्धारा अनावरण गरिने

तुलसीपुर, ३० कार्तिक / राप्ती शान्ति उद्यान तुलसीपुरमा निर्मित बुद्धको मुर्तिको आज अनावरण गर्न लागिएको छ । मूर्तिको अनावरण लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

फाइबरबाट निर्मित वुद्धको मूर्तिको निर्माण कार्य सम्पन्न गर्न २४ लाख १६ हजार लागेको राप्ती शान्ती उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिए । मूर्ति निर्माणका लागि प्रदेश सरकार तुलसीपुर उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका थिए ।

तत्कालिन द्धन्द्धको उद्गम थलो राप्ती भएकाले राप्तीबाट नै शान्तिको सन्देश दिन स्थापना गरिएको राप्ती शान्ति उद्यानमा शान्तिका प्रतिक वुद्धको मूर्ति राख्ने आशा बषौपछि पुरा भएको छ । वुद्धको मूर्ति १७ फिट अग्लो रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।