तुलसीपुर, ३० कार्तिक / महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११२ औ जन्मजयन्तीको सन्र्दभ पारेर मानव अधिकार तथा शान्ति समाजले श्रीप्रसाद दाहाल श्रष्टा सौगातबाट साहित्कार बालिका चौधरीलाई सम्मान गरेको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित श्रीप्रसाद दाहाल श्रष्टा सौगात–२०७७ नेपाली तथा थारु साहित्यमा योगदानका लागि श्रष्टा चौधरीलाई प्रदान गरेको हो ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यसमितिको आयोजना तथा शान्ति समाज दाङ शाखाको आतिथ्यमा कार्यक्रम भएको हो ।
शाखाका कार्यबाहक सभापति तुलसीराम सुनारको सभापत्वि एबम बरिष्ठ साहित्यकार एबम प्राध्यापक गदाधर पौड्ेलको प्रमुख आतिथ्यमा ताम्रपत्र सहितको सम्मान पत्र र २० हजार रुपैया नगद प्रदान गरिएको थियो । त्यबसरमा बरिष्ठ साहित्यकार एबम प्राध्यापक पौडे्लले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकार तथा शान्तिका लागि योगदान पु¥याउदै आएकोमा साहित्यक अभियानबाट श्रष्टालाई सम्मान गर्न निकै सकारात्मक भएको बताउनुभयो ।
त्यअवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले मानव अधिकार तथा शान्ति समाजले मानव अधिकार,लोकतन्त्र,शान्ति र अहिंसाको पक्षमा अभियान सञ्चालन गर्दै आएकोमा यो अभियानमा स्रष्टाहरुको समेत उतिकै योगदान रहेकाले श्रष्टा सम्मान कार्यक्रम गरिएको बताए ।
सो अवसरमा राप्ती साहित्य परिषद्का सल्लाहकार डाक्टर लोकराज पराजुली,दाङ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज श्रीधर,थारु समुदायको संस्कृती कलाका अनुसन्धनकर्ता अशोक थारु, थारु लेखक सुशील चौधरी, साहित्यकार एवम ईन्जीनियिर तिलक न्यौपाने,अपाङता भएका ब्यक्ति एबम साहित्यकार मञ्जु कँडेल,साहित्यकार छवीकिरण वली,बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारी लगायतले रचना बाचन तथा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य दाङ शाखा सचिब निर्मला डिसी, धन्यबाद बिभागीय संयोजक नवीन पोख्रेल र सहजिकरण केन्द्रीय बिभागीय संयोजक निर्मल नेपालीले गरेका थिए ।






