२०८३ जेष्ठ २७ गते बुधवार

तुलसीपुरमा थप १७ जनामा कोरोना संक्रमण,संक्रमित हुनेको संख्या ६५६ पुग्यो

तुलसीपुर ३० कात्तिक । तुलसीपुरमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच जनालाई पुन संक्रमण देखीएको छ । यस्तै कोरोना परिक्षण गराएका ३७ जनाको रिपोट नेगेटिभ आएको छ ।तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार गएको बुधवार र विहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षणका लागी दिईएको स्वाव परिक्षण गर्दा १७ जना नयाँ संक्रमित थपिएका छन् भने पाँच जना फलोअपका रहेका छन् ।

संक्रमित हुनेमा वडा नम्वर १ का ४५ बर्षिय एक पुरुष, वडा नम्वर ३ का २५ बर्षिय एक पुरुष, वडा नम्वर ५ का ५३,५४,६२,६० वर्षका चार पुरुष र २३,४६ बर्षिया दुई महिला गरी ६ जना, वडा नम्वर ६ का ८१ वर्षका एक पुरुष र ६५ बर्षिया एक महिला गरी दुई जना, वडा नम्वर ८ का २१ बर्षिया एक महिला, वडा नम्वर ९ का ६५ बर्षिय एक पुरुष, वडा नम्वर ११ का ४० र ३४ बर्षका दुई पुरुष ,वडा नम्वर १६ का ५० बर्षिया एक महिला र वडा नम्वर १८ का ६ तथा ६५ बर्षमा दुई पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

यस्तैगरी वडा नम्वर ५ का दुई जना र वडा नम्वर १६,१८,१९ का एक÷एक जना गरी पाँच जना फलोअपमा रहेका छन् । यो संगै तुलसीपुरमा हाल सम्म संक्रमित हुनेको संख्या ६५६ पुगेको छ । जसमा २५९ जना सक्रिय रहेका छन् भने ४०७ जना कोरोना मुक्त भईसकेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया