२०८३ कार्तिक २० गते शुक्रवार

लमही नगरपालिकामा एग्रोभेट र मेडिकलमा अनुगमन

‘म्याद गुज्रीएको, उचित व्यवस्थापन फितलो, विक्रि विल नदिएको भेटियो’
दाङ, २८ कार्तिक ।दाङको लमही नगरपालिका र इलाका प्रशासन कार्यालय लमहीले संयुक्तरूपमा बजारको अनुगमन गरेको छ । चाडपर्वलाई लक्ष्ति तथा नगरको चौमासिक कार्यक्रम अन्तरगत लमही नगरपालिका र इलाका प्रशासन कार्यालय लमहीले संयुक्तरूपमा लमही बजारको अनुगमन गरिएको हो । अनुगमनमा चार हजार छसय ६७ मूल्य बराबरको म्याद गुज्रीएका सामाग्री जफत गरिएको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार लमहीको कृपा मेडिकल, सन्चो मेडिकल, देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजि सेवा, सृष्टि आयुर्वेद मेडिकल र एग्रोभेट तर्फ देउराली एग्रोभेट सेन्टर, लालिगुरास एग्रोभेट सेन्टर, बिनोद एग्रोभेट सेन्टर, एस।एस बीउ विजन सेन्टरको शुक्रवार स्थलगत स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो । अनुगमन गर्दा लमहीको कृपा मेडिकल र बिनोद एग्रोभेट सेन्टरमा व्यवस्थापन देखि लिएर अन्य सबै पक्षमा राम्रो पाएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लमहीको सन्चो मेडिकल र सृष्टि आयुर्वेद मेडिकलले अनुगमनको क्रममा आवश्यक कागजात कुनैपनि देखाउन नसेकेको बताउनुभयो । यस्तै देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजि सेवा सेन्टरबाट म्याद गुज्रीएको बाह्रसय ९७ रुपैँया बराबरको इञ्जाइम औषधी जफत र देउराली एग्रोभेट सेन्टरबाट ४०।८ किलो डि।ए।पि मल, विक्री गर्न रोग लगाइएको र लालिगुरास एग्रोभेटबाट २६ सय विस रुपैँया बराबर म्याद गुज्रीएको कृषि तथा भेटनरिका सामाग्री जफत गरिएको हो । पसलबाट सेवाग्रहीले कुनैपनि सामाग्री खरिद गरिसकेपछि पसल संचालकहरुले सेवाग्रहीलाई विल दिनुपर्ने हो तर, अनुगमनको क्रममा त्यो देखिएन, इलाका प्रशासन लमही नासु बामदेव गिरिले भन्नुभयो । ‘सेवाग्रीले विल मागेमा मात्रै पसल संचालकले सेवाग्राहीलाई विल दिने गरेको बजार अनुगमनमा फेला पा¥याँै । एकपटकलाई स्म्झाएका छाँै अर्को पटक पुन यस्तै भेटिएमा आवश्यक कार्वाही गरिनेछ ।’ यस्तै अनुगमनको क्रममा लमहीका एग्रोभेटहरुमा व्यवस्थापनको पक्ष सबै राम्रो देखियो तर, विक्रि विल दिने नगरेको धेरै एग्रोभेटहरुमा फेला परेको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘लमहीका धेरै एग्रोभेटहरु नगरपालिकामा नविकरण नगरेको र म्याद गुज्रिएको बीउ तथा विषादीको उचित व्यवस्थापन नगरेको भेटियो । मेडिकलहरुमा नविकरण नगरेको र अनुगमन गर्न जाँदा तत्काल कागजात पेश गर्न सकेनन् ।’ यता लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्त बिमहादुर केसीले लमही बजारलाई व्यवस्थित गर्न बजार अनुगमन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘लमही बजारलाई थप व्यवस्थित गर्न र सेवाग्रही ठगिनबाट जोखाउने उद्देश्यले बजारको अनुगमन गरिएको हो ।’ यता बिनोद एग्रोभेट सेन्टरका संचालकले समय समयमा अनुगमन तथा चेकजाँचले हामी व्यापारीलाई पनि सजक हुने बताउनुहुदैँ, अनुगमनलाई तिब्रता दिन आग्रह गर्नुभयो । शुक्रवार लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्त बिमहादुर केसीको संयोजक तथा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, कृषि विकास शाखा प्रमुख अमर चौधरी, इलाका प्रशासन लमही नासु बामदेव गिरि, लमही होटल व्यवसायी कोषाध्यक्ष श्यामबहादुर कुवँर, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरिक्षक विष्णु केसी र पत्रकारहरुको संयुक्तमा लमही बजारको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको थियो । अनुगमनको क्रममा जफत गरिएको सामाग्री लमही नगरपालिकाको कम्पाउण्ड भित्र खाडिएको हो ।।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।