२०८३ साउन २८ गते बिहिवार

दुईवटा मोटरसाईकल ठोक्किदा तीनजना घाइते

फाइल फाेटाे

तुलसीपुर, २८ कार्तिक । पश्चिम दाङको हंसपुरमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका–४ हापुरे निबासी १९ बर्षका महेन्द्र बुढा क्षेत्री रहेका छन् ।

त्यसैगरी अर्का मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–३ सीमचौतारा निबासी २० रमेश विक र सोही ठाउँका २४ बर्षका गुमानसीङ विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो । घाइते बुढाथाेकीकाे नेपालगंज रेफर गरिएकाे छ भने २ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बबई गाउँपालिका–३ स्थित मावि हंसपुरबाट पतेराका लागि जाँदै गरेको रा३प ८९६८ र विपरितदिशाबाट आइरहेको रा२प ८२०६ नम्बरको मोटरसाईकल दिउसो साढे तीनबजे ठोक्किदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया