२०८३ कार्तिक २० गते शुक्रवार

क्रसर उद्योगका विषयमा छानविन गर्न दाङमा बैठक बस्दै

तुलसीपुर, २८ कार्तिक / दाङमा संचालित क्रसर उद्योगहरुका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय दाङमा बैठक बस्दै छ । बैठकमा दाङमा संचालीत क्रसर उद्योगहरुको संख्या, दर्ता भए या नभएको, मापदण्ड विपरित संचालन भए या नभएका लगाएका विषयमा छलफल हुने छ ।

जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगको संख्या, मापदण्ड पालना गरेनगरेको तथा दर्ता भएनभएको यकिन विवरण सात दिनभित्र पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्रालयले  निर्देशन दिएको थियो ।

बैठक दिउँसो साढे एक बजे बस्दै छ । बैठकमा नापी, वन, मालपोत, जिल्ला समन्वय समिति लगाएतका प्रतिनिधिको सहभागीता रहने छ । दाङमा मापदण्ड विपरित क्रसर संचालनमा आएको भन्दै ८६ क्रसर उद्योगका विरुद्ध उच्च दालत तुलसीपुरमा रिट निवेदन परेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।