२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरमा हाल सम्म ६३९ जनालाई कोरोना पुष्टि

तुलसीपुर, २७ कात्तिक । तुलसीपुर उपमहानगरपालिका भित्र हाल सम्म झन्डै साढे छ सय नागरिकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुधवार तुलसीपुरका थप ११ जनामा संक्रमण पुष्टि भएसंगै हाल सम्म संक्रमित हुनेको संख्या ६३९ पुगेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट गरिएको स्वाव परिक्षण गर्दा ११ जना नयाँ र १ जना फलोअपका रिपोट पोजेटिभ आएको फोकल पर्सन केसीले जानकारी दिएका छन् । जसमा वडा नम्वर २ का १ बालिका, वडा नम्वर ५ का दुई जना, वडा नम्वर ६ का एक जना , वडा नम्वर ९ का एक महिला, वडा नम्वर १० का एक महिला, वडा नम्वर ११ का एक जना, वडा नम्वर १४ का एक जना र वडा नम्वर दुई जना पुरुष र एक महिला गरी तिन जना रहेका छन् ।

वडा नम्वर १२ का एक जना फलोअपका रहेको केसीले जानकारी दिएका छन् । उनका अनुसार तुलसीपुरमा हाल सक्रिय संक्रमित २३२ जना रहेका रहेका छन् भने ४०७ जना निको भईसकेका छन् । तुलसीपुर ८ जना कोरोना संक्रमितको निधन भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया