२०८३ भाद्र १० गते बुधवार

कमिला परेको पाँच किलो रसबरी सहित पेय पदार्थ बरामद

तुलसीपुर, २६ कात्तिक । तुलसीपुरमा बुधवार बजार अनुगमन गरिएको छ । कोरोना संक्रमणको जोखिमका बाबजुद पनि किनमेल तथा भिडभाडलाई ध्यानमा राखेर चाडपवको समयलाई लक्षित गदै तुलसीपुर जारी बजार अनुगमन अन्र्तगत बुधवार तुलसीपुरका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो । कोरोना संक्रमणको सावधानी अपनाउदै गरिएको बजार अनुगमनका क्रममा व्यापारी र उपभोक्ताहरुले स्वास्थ्य सुरक्षा सावधानीलाई व्यवास्ता गदै भिडभाड गरेको पाईएको छ ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा स्थानिय जनप्रतिनिधि, प्रशासन, उद्योग वाणिज्य संघ ,पत्रकार लगाएतको सहभागितामा कोरोना सावधानी अपनाउदै बजार अनुगमन गरिएको हो ।अनुगमनका क्रममा तुलसीपुर विरेन्द्र चोक पश्चिमतर्फ रहेको राप्ती किराना पसलमा म्याद गुज्रिएका कस्मेटिक सामान फेला परेपछि जफत गरिएको छ । आगामी दिनहरुमा यस्ता म्याद गुज्रिएका कस्मेटिक सामान विक्रि नगर्न सुझाव दिदै ती समान बरामद गरिएको हो ।

यस्तैगरी विरेन्द्रचोक पुर्व तर्फ रहेको ताजा बर्मा जुस सेन्टरमा राखीएको पेय पर्दाथ (सवै फेन्टा र स्प्राईट)को म्याद नाघेको पाईएको थियो । सेन्टरको फ्रिज भित्र र फ्रिज बाहिर राखीएका झन्डै २५ वटा डेढ लिटरका तथा साना बोतलका फेन्टा र साना वोतल केहि स्प्राईट वोतल बरामद समेत गरिएको छ । सन् २०१९ मा प्याकिङ गरिएका डेढ लिटरको फेन्टा चार महिना सम्म खान योग्य हुन्छ । तर सन् २०२० को नोभेम्बर सम्म पनि विक्रिका लागी राखीएको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो ।उनलाई पनि आगामी दिनमा म्याद हेरेर मात्रै पेय पदार्थ विक्रि गर्न सुझाव दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जाराले बताएका छन् ।

उनले उपभोक्ताहरुको स्वास्थ्यलाई ख्यालै नगरी म्याद गुज्रिएका सामान तथा पेय पर्दाथहरु विक्रि गर्न नहुने भन्दै आगामी दिनमा यसो नगर्न सुझाएका छन् । सेन्टरमा रहेका सवै म्याद गुज्रिएका पेय पदार्थ बरामद भएसंगै पसल नै रित्तिएको छ ।यस्तै घोराही रोडमा रहेको स्वीट हाउस नास्ता पसलमा सरसफाई नभएको पाईएको थियो भने रसबडीमा कमिला परेको फेला परेपछि पाँच किलो रसबरी जफत गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतले जानकारी दिएकी छिन् ।

अधिकांस किराना पसल तथा कस्मेटिकहरुमा म्याद गुज्रिएका समान, पसल नवीकरण नगरेको,मुल्य सुची टाँस नगरेको पाईएको थियो ।यस्तैगरी तुलसीपुरका केहि फेन्सी पसलहरुमा पनि अनुगमन गदै हरेक कपडाहरुमा अव देखी ग्राहकले स्पष्ट बुझने गरी मुल्य टाँस गर्न आग्रह समेत गरिएको छ ।फेन्सी पसलका व्यापारीहरुले कपडामा भएको कोड नम्वर ग्राहकले बुझने गरी राख्नु पर्ने सुझाई दिईएको छ । साथै उनले व्यापारमा २० प्रतिभन्दा बढि नाफा लिएर ग्राहकलाई ठगी गर्न नहुने सुझाएकी छिन् ।यस्तै अनुगमनमा सहभागी तुलसीपुर ५ का वडा सदस्य अजय बुढाथोकीले व्यापारीहरुलाई सचेत गराउदै आगामी दिनमा यस्तो गलत कार्य नगर्न आग्रह गरेका छन् ।

नियमित हुदै आएको बजार अनुगमनले पछिल्नो समय व्यापारीहरुमा पहिलेको भन्दा केहि सुधार आएको बताउदै उनले अझै थप सुधार गर्नुपर्ने उनले सुझाव दिएका छन् । साथै बजारलाई व्यवस्थित बनाउन व्यापार व्यवसायी, उद्योग र आम नागरिक सवैको सहयोग चाहिने बताउदै जथाभावी व्यापार व्यवसाय नगर्न र नियम संग व्यापार व्यवसाय गर्न आग्रह गरेका छन् ।अनुगमनका क्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका हिरालाल रेउले, उद्योग व्यवसाय तथा प्रर्वद्धन शाखा प्रमुख रेखा शर्मा र तुलसीपर उद्योग वाणिज्य संघका सदस्य तुलसीराम परियारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया