२०८३ भाद्र १० गते बुधवार

सहमतीपछि अवरुद्ध राजमार्ग सुचारु

दाङ–अवरुद्ध भएको तीन घण्टा पछी पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ । घटनाको अनुसन्धान गर्दै पिडित परिवारलाई उचित क्षतीपुर्ती उपलब्ध गराउने सहमती भएपछी अवरुद्ध सडक सुचारु भएको राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष जगतबहादुर थापाले जानकारी दिए ।‘विहान ११ बजे देखी राजमार्ग अवरुद्ध थियो ।

परिवारका सदस्य, प्रहरी र जनप्रतिनिधि विचको छलफलले सहमती जुटाएको छ’उनले भने,‘उचित क्षतीपुर्तीको लागी सबैले पहल गर्ने सहमती भएको छ ।’ देउखुरीको मौरीघाटमा मंगलबार राती ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएपछी कानुनी कारबाही र उचित क्षतीपुर्तीको माग राख्दै सडक अवरुद्ध गरिएको थियो ।

राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षिय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षिय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षिय दिनेश घर्तीको मृत्यु भएको हो ।

मंगलवार लमही भालुवाङ सडक खण्ड अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राती पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । ट्रक समेत पल्टिएको छ । मृतक तिनै जनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया