काठमाण्डौ, २४ कात्तिक । सुनको भाउ तीन दिनदेखि बढिरहेको छ ।
शुक्रबारदेखि अहिलेसम्म सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर आज ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार एक हजार र हिजो पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि पाँच सय रुपैयाँ बढेको हो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
हिजोको तुलनामा चाँदी तोलाको १० रुपैयाँ बढेर आज १२ सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार





