तुलसीपुर, २४ कात्तिक ।तुलसीपुरका चार वटा वडा कार्यालयलाई तिहार सम्मका लागी सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,५,८ र ९ को वडा कार्यालयलाई एक साताका लागी सिल गरिएको छ ।
वडा नम्वर ८ का वडा सचिव रशेम वलीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयको अति आवशयक सेवा बाहेक अन्य सवै सेवा एक साता सम्मको लागी सिल गरिएको तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् । उनको यहि कात्तिक २१ गते स्वाव संकलन गरि कोरोना परिक्षण गरिएको हो ।
यस्तैगरी अन्य तिन वटा वडालाई कोरोना जोखिमको हिसाबले सिल गरिएको हो । वडामा कोरोना संक्रमणको दर बढेको भन्दै वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको अध्यक्षतामा बैठक बसी वडाको प्रशासनिक काम र वडाका सम्पुर्ण बिद्यालय बन्द गर्न आह्वान गर्ने निर्णय गरिएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार












