तुलसीपुर, २३ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ अन्र्तगत सम्पुर्ण विद्यालय बन्द गर्न आग्रह गरिएको छ । वडा अध्यक्ष विरेन्द्र शाहको अध्यक्षतामा आईतवार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गदै वडा कार्यालयको नियमित सेवा र वडाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
वडा अन्र्तगत संक्रमणको दर बढ्दो र वडा कार्यालयबाट सेवा लिएका सेवाग्राहीको समेत कोरोना संक्रमणकै कारण मृत्यु भएकाले सोमवार देखी शुक्रवार सम्म कार्यालयको नियमित सेवा र विद्यालय बन्द गर्ने निर्णय गरिएको वडा अध्यक्ष शाहले जानकारी दिएका छन् । वडा कार्यालयबाट दिईने अत्यआवश्यक बाहेक अन्य सवै सेवा स्थगित गरिएको हो । पछिल्नो समय वडामा कोरोना माहामारी बद्दो क्रममा रहेको भन्दै कन्ट्रयाक्ट टे«सिंङ र कार्यालयको निर्मलीकरण गर्ने निर्णय समेत गरिएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार





