२०८३ जेष्ठ २७ गते बुधवार

देशभर सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघ्यो

काठमाण्डौ,२२ कात्तिक । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघेको छ । शनिवार थप दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै थप १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया