काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे ।
उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसै बिच भारतीय सेनाध्यक्ष नरवणे आजै तीन दिने नेपालको औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नरवणे कार्तिक १९ गते नेपाल आएका थिए ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।