२०८३ जेष्ठ २३ गते शनिवार

देशभर संक्रमितको संख्या एक लाख ८२ हजार नौ सय २३ पुग्यो

काठमाडौ, १९ कात्तिक । देशभर कोरोना भाईरस संक्रमितको संख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार तीन सय नौ जनामा सङ्क्रमण पुष्टि भएसंगै उक्त स.ख्या पुगेको हो । बुधवार १३ हजार एक सय ४४ जनाको नमुना परीक्षण भएको हो ।

त्यस्तै बुधवार तीन हजार आठ सय ४४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ४४ हजार नौ सय ७८ पुगेको छ ।
अब नेपालमा ३६ हजार नौ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै थप ३० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया