तुलसीपुर, १९ कार्तिक / भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाल आईपुगेका छन् । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मित्रराष्ट्र भारतका सेनाध्यक्ष तीनदिने औपचारिक भ्रमणका लागि नरवणे र उनकी धर्मपत्नी विना नरवणे नेपाल आइपुेका हुन् ।
सेनाध्यक्ष रवणेलाई सेनाका बलाधिकृत प्रभुराम शर्मा र उनकी श्रीमती सुनिता शर्माले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नरवणेलाई भोली राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको भ्रममणले दुई देशबीच सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउन सहयोग पुग्ने नेपाली सेनाले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।