२०८३ मङ्सिर ९ गते बुधवार

अघिअघि प्रहरी , पछिपछि अपराधिक घटना….

सांकेतिक तस्विर

तुलसीपुर, १८ कात्तिक ।

घटना नं. १
मिति २०७७\७\१० गते राती अर्थात यस वर्षको बडा दशैको दिन तुलसीपुरका दुई छुट्टाछुट्टै स्थानमा दुई जना माथी सांघातिक आक्रमण भयो ।जस मध्ये एक जनाको एउटा खुट्टाको पैतला छिनाल्ने गरी आक्रमण भयो । सोहि दुई घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ९ जनालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरीसकेको छ ।
घटना नं. २
मिति २०७७\७\२ गते साँझ तुलसीपुर स्थित माथिल्नो ओम शान्ती सिनेमा हल नजिकै एक जना महिला पत्रकार माथी अज्ञात समुहद्धारा लुटपाट भयोे ।अहिले सम्म दोषिको पहिचान हुन सकेको छैन ।
घटना नं. ३
मिति २०७७\६\२२ गते राती तुलसीपुर ७ डाँडाँपातु नजिकै एक किशोरी माथी सामुहिक बलात्कार भयो ।यी घटना एउटा उदाहरण मात्रै हुन् ।तुलसीपुर क्षेत्रमा यस्ता खाले अपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दो छ ।हत्या,हिंसा, कुटपिट, बलात्कार,लुटपाट,चोरी,डकैती,जुवातास,लागुऔषध ओसारपसार जस्ता घटनाहरु थुप्रै घटना हुने गरेको प्रहरीको तथ्याङकले देखाएको छ ।
यस्ता कुनै पनि किसीमका अपराधिक घटना हुन नदिनका लागी प्रहरीले तुलसीपुर क्षेत्रमा शान्ती सुरक्षा सर्तकता अपनाएता पनि घटना हुने क्रम रोकीएको छैन ।

कुनै न कुनै माध्यमबाट तुलसीपुर क्षेत्रमा विभिन्न खाले अपराधिक घटनाहरु बेलाबेलामा भईरहेका छन् ।यसरी दिनहुँ जसो हुने विभिन्न घटनाले गर्दा तुलसीपुरमा शान्ती सुरक्षाको बारेमा प्रश्न उठेको छ । प्रहरीले भने शान्ती सुरक्षा कायम गर्न दिनरात नभनी उच्च सर्तकताका साथ भएको स्रोत साधनलाई परिचालन गरी नागरिकको सुरक्षामा खटिरहेको बताउने गरेको छ । कुनै सामान्य देखी जघन्य कार्य गर्नु ÷गराउनु अपराध हो भन्दै हरेक नागरिकलाई सुसुचित पार्ने काम पनि गरीरहेको छ ।

तर पनि बेलाबेलामा यस्ता अपराधिक घटनाहरु भईरहेका छन् । प्रहरीले यस्ता कार्य गर्नु हुदैन गरे कानुनी कारवाही हुन्छ भन्ने सन्देश सहित अभियान चलाई रहेको छ । यसको साथै नागरिक पनि बर्दि बिनाको प्रहरी हुन् भन्ने मान्यताका साथ तुलसीपुरमा हाल सम्म ५६७ वटा टोल सुरक्षा गठन गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताएका छन् ।

उनले कुनै पनि घटना हुन नदिन र भईहालेमा तत्काल सहि सुचना प्राप्त होस् भन्ने मान्यताका साथ तुलसीपुर उपमहानगरपालिका कार्यालय संग समन्वय गरी टोल सुरक्षा गठन गरिएको बताएका छन् । प्रत्येक ठाउँ ठाउँमा शान्ती सुरक्षाको अभियान चलाईएको छ उनले भने यसो गरीरहदा मानवियता सोच सवैमा हुनुपर्ने हो । कसैले कसैलाई अपराध गर्नु हुदैन भन्ने कुरा स.साना बालबालिका बाहेक सवैलाई थाहा छ तर पनि अपराधजन्य घटना हुनु दुखत कुरा भएको उनले बताए ।

विभिन्न खाले घटना हुनुको कारण मध्ये लागु औषध दुव्र्यसनी र मदिरा सेवन भएकाले यसको रोकथामका लागी सचेतना अभियान चलाउनुको साथै लागु औषध दुव्र्यसनीमा फसेका बालबालिकालाई सरंक्षण र रेखदेख गर्न अभिभावकहरुलाई सचेत बनाईएको डिएसपी सिंहले बताएका छन् । यति मात्रै नभई तुलसीपुर क्षेत्रमा अपराधिक गतिविधि हुने स्थान पहिचान गर्नुको साथै चुल्ठेमुन्द्रेलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई समेत गरियो ।

उनले शान्ती सुरक्षा कायम गर्न यस्ता किसीमका धेरै प्रयास गरेको बताए । आफु आएदेखी तुलसीपुरमा नागरिक सचेतना अभियान सन्चालन गरेकै कारण विगतको तुलनामा अहिले अपराधिक गतिविधिमा केहि कमी आएको दावी गदै उनले चाडपर्वको समयमा भएको घटनाले आफुलाई समेत दुखी तुल्याएको उनले बताएका छन् ।विशेषगरी तुलसीपुर उपमहानगर क्षेत्रमा कुनै पनि जघन्य अपराधिक घटना नहोस भन्नका लागी आफु आएदेखी नै उच्च शान्ती सुरक्षा अपनाएको बताउदै उनले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेपनि पछिल्नो घटनाले शान्ती सुरक्षामा थप चुनौती थपिएको बताएका छन् ।टोल सुरक्षा समितिबाट पनि आफुले अपेक्षाकृत साथ पाउन नसकेको भन्दै अझ शसक्त भएर लाग्ने उनको भनाई छ ।

तु्लसीपुर क्षेत्रका थुप्रै गाउँ तथा बस्ती सम्म स्थायी रुपमा प्रहरी चौकी नहुदा पनि सवै ठाउँमा शान्ती सुरक्षा दिन समस्या भईरहेको उनले बताएका छन् । यद्यपी भएजतिको स्रोत साधन र जनशक्ति परिचालन गरी आम नागरिकको सहयोगमा शान्ती सुरक्षालाई मजबुद बनाउने अभियानमा लागी परेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।