२०८३ साउन २५ गते सोमवार

दाङमा गुडिरहेको बसले अर्को बसलाई ठक्कर दियो

तुलसीपुर, १७ कात्तिक ।तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत चौवाखोला नजिकै रोकी राखेको बसलाई पछाडीबाट आउदै गरेको अर्को बसले सोमवार दिउँसो १ बजे ठक्कर दिदा केहि यात्रु घाईते भएका छन् ।

तुलसीपुर १८ चौवाखोला स्थित घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख ९२३ नम्वरको बसले यात्रु ओराल्न रोकीराखेको अर्को रा १ ख १६८२ नम्वरको बसलाई ठक्कर दिदा केहि यात्रु घाईते भएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

ठक्कर दिने बसको अगाडीको भागमा क्षति पुगेको छ भने अर्को बसको पछाडीको भागमा क्षति पुगेको हेमन्तपुर प्रहरी चौकीले जानकारी दिएको छ । दुवै बसलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर पठाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया