२०८३ कार्तिक २० गते शुक्रवार

सार्वजनिक गाडीमा भाडादर नटाँसे कारवाही गरिने

काठमाडौ, १५ कात्तिक । काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा भाडादर नटाँसे कारबाही गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नभएमा वा नटाँसेमा त्यस्ता सवारी साधनलाई कारबाही गर्ने जनाएको हो ।

सार्वजनिक गाडीले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न भाडादर टाँस्नुपरेको महाशाखाले जनाएको छ । यस्तै यात्रुलाई आफनो गन्तव्य सम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको सूची सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

शुक्रबार देखि अभियानकै रूपमा थालनी गरी चार सय २९ वटा सवारी साधनहरूमा भाडादर टाँसेको महाशाखाले जनाएको छ । यो अभियानलाई निरन्तरता दिइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।