तुलसीपुरमा एक स्वास्थ्यकर्मी सहित १४ जनामा कोरोना पुष्टि

तुलसीपुर, १३ कात्तिक । तुलसीपुरमा विहिवार एक स्वास्थ्य कर्मी सहित १४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरिएको स्वावको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा तुलसीपुरका एक जना स्वास्थ्यकर्मी सहित १४ जनाको रिपोट पोजेटिभ आएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

उनका अनुसार गएको आईतवार उनीहरुले स्वाव दिएका थिए भने बुधवार भएको कोरोना परिक्षण रिपोट विहिवार सार्वजनिक भएको हो । संक्रमित हुनेमा तुलसीपुर १ का १ जना पुरुष, वडा नम्वर ५ का २ जना पुरुष, वडा नम्वर ६ का ४ जना पुरुष, वडा नम्वर ७ का १ जना महिला, वडा नम्वर ९ का एक जना महिला, वडा नम्वर ११ का १ जना पुरुष, वडा नम्वर १२ का एक जना पुरुष, वडा नम्वर १५ का १ जना पुरुष , वडा नम्वर १७ का एक जना महिला र वडा नम्वर १९ का एक पुरुष रहेको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।

यो संगै तुलसीपुरमा हाल सम्म संक्रमित हुनेको संख्या ४७८ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १८९ रहेको छ भने २८९ जना संक्रमण मुक्त भईसकेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया