तुलसीपुरमा एक जना पत्रकार सहित चार जना बैंक कर्मचारीमा कोरोना पुष्टि

तुलसीपुर, ५ कात्तिक । तुलसीपुरमा एक जना पत्रकार सहित बैंकका चार जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिईएको स्वाव बुधवार परिक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरु सहित तुलसीपुरका १५ जनामा कोरोना पुष्टि भएको तुलसीपुर कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

कोरोना संक्रमित हुनेमा गरिमा बैंकका चार जना कर्मचारी पनि रहेका छन् । फोकल पर्सन केसीका अनुसार १५ जना संक्रमित मध्ये तिन जना फलोअप गरेका पनि रहेका छन् ।

तुलसीपुर ३ का २६ बर्षिया एक महिला, वडा नम्वर ५ का ३ पुरुष र १ महिला, वडा नम्वर ६ का ५ पुरुष र एक महिला, वडा नम्वर ७ का १ पुरुष, वडा नम्वर ११ का दुई पुरुष र वडा नम्वर १८ का १ महिलामा कोरोना पुष्टि भएको छ । यस्तै वडा नम्वर २,६ र १२ का १÷१ जनाको पुन परिक्षण गर्दा रिपोट पोजेटिभ आएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया