अरिङ्गालको टोकाईबाट तुलसीपुरमा एक बालिका बिरामी

तुलसीपुर, ५ कार्तिक / अरिङ्गालको टोकाईबाट तुलसीपुरमा एक बालिका बिरामी भएकी छन् । बिरामी हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ टिकरी निबासी ५ बर्षकी सोनिका चौधरी रहेकी छन् ।

उनलाई घरनजिकै बारीमा गएको बेला अरिङ्गालले शरिरका विभिन्न भागमा टोकेको थियो । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया