तुलसीपुरमा सबैभन्दा धेरै समुदाय स्तरका नागरिकमा संक्रमण

तुलसीपुर, ४ कात्तिक । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा कोरोना संक्रमित हुनेमा सवैभन्दा धेरै समुदाय स्तरका नागरिकहरु रहेका छन् । तुलसीपुर उपमहानगरपालिका सुचना शाखाले दिएको जानकारी अनुसार समुदाय स्तरका २२२ जनामा कोरोन सक्रमण भएको छ ।

मंगलवार विहान सम्मको विवरण अुनसार जम्मा संक्रमित ३८८ मध्ये ७७ जना भारतका घर फर्किएका नागरिक रहेका छन् । त्यस्तैगरी तेस्रो मुलुकका १२ जना, स्वास्थ्यकर्मी १८ जना, नेपाली सेना ३० , नेपाल प्रहरी २ , जनप्रतिनिधि ४ , कर्मचारी १८, शिक्षक ४ र पत्रकार १ जनामा कोरोना पुष्टि भएको हो । हाल सम्म संक्रमित हुनेमा १९ देखी ४९ वर्ष उमेर समुहका मानिसहरु रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया