राप्ती मालबाहक प्रालिद्धारा नयाँ गाडी दर्ता शुल्कमा विशेष छुट

तुलसीपुर, २ कात्तिक ।राप्ती मालबाहक यातायात सेवा प्रालि प्रधान कार्यालय तुलसीपुरले नयाँ गाडी दर्ता शुल्कमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।नेपालीहरुको महान्चाड बडा दशै र तिहारको अवसर पारी प्रालिमा आबद्ध हुन चाहाने नयाँ गाडीहरुको लागी विशेष छुटको व्यवस्था गरिएको प्रालिका सन्चालक एवं दुर्घटना तथा जोखिम व्यवस्थापन संयोजक लाल बहादुर केसीले जानकारी दिएका छन् ।

प्रालिको शनिवार बसेको सन्चालक समितिको बैठकले यस्तो निर्णय गरेको उनले बताएका छन् ।तत्कालिन समिति हाल कम्पनीको रुपमा दर्ता भईसकेपछि मालबाहक सम्वन्धी सवै गाडीलाई समेट्ने गरी दायरा फराकिलो पारिएको हुदा प्रालिमा आबद्ध हुन चाहाने नयाँ गाडीधनीहरुका लागी बिशेष छुट सहित शुल्क निर्धारण गरिएको उनले बताएका छन् ।प्रालिले यस अघि पनि कोरोना माहामारीको समयमा गाडी धनी, चालकहरुलाई स्वास्थ्य सुरक्षाको सामग्री वितरण गर्नुको साथै गाडी चालकहरुको कोरोना बिमा समेत बनाई दिएको उनले बताएक छन् । अहिले फेरी नयाँ गाडी दर्ता शुल्कमा छुटको व्यवस्था मिलाईएको उनको भनाई छ ।

प्रालिमा दर्ता हुनका लागी साना डेलिभरी भ्यान दश क्वीन्टल भन्दा कम क्षमता भएका गाडीको शुल्क पाँच हजार, पिकअप सिङगल क्याप गाडी दर्ता शुल्क ७ हजार ५ सय, डबल क्याप पाँच सिट र पाँच क्वीन्टल भन्दा बढि क्षमता भएको गाडीको दर्ता शुल्क १० हजार, मिनिट्रक दश टन क्षमता सम्मको दर्ता शुल्क १० हजार र १० टन भन्दा माथीका सवारी साधनहरु दर्ता शुल्क १५ हजार रुपैया निर्धारण गरिएको छ ।
यस अघि १५ हजार रुपैया दर्ता शुल्क रहेको प्रालिका फिल्ड अधिकृत ईश्वरी प्रसाद गैरेले जानकारी दिएका छन् । साथै उनले प्रालिमा आबद्ध हुन चाहेमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् । प्रालिमा अहिले ८८ गाडी धनी आबद्ध भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार
प्रतिक्रिया