२०८३ असोज ७ गते बुधवार

दाङमा ७ फिट ८ ईन्चको चितुवाको छाला सहित एक जना पक्राउ

तुलसीपुर, २ कात्तिक । दाङमा ७ फिट ८ ईन्चको चितुवाको छाला सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ५ धर्ना बस्ने ५० बर्षिय ईन्द्र बहादुर घर्ति रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही १५ तारापुन्ज टोलमा चितुवाको छाला कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई गएको असोज ३० गते दिउँसो गरेको हो । उनको घरमा खानतलासी गर्दा चितुवाको बंगरा देखी पुच्छर सम्म लम्वाई ७ फिट ८ ईन्चको छाला फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका घर्ति विरुद्ध राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाहीका लागी जिल्ला बन कार्यालयमा पठाईएको डिएसपी सुुमित खड्काले जानकारी दिएका छन् । यो पनि पढ्नुहोस

घोराहीमा झन्डै डेढ लाख नगद सहित पाँच जना जुवाडे पक्राउ

प्रकाशित मिति : २०७७ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।